१९ आश्विन २०८१, शनिबार
थलारा गाउँपालिकालाई विपद जोखिम सम्बन्धि प्रतिकार्य सामाग्री हस्तान्तरण
बझाङ ! थलारा गाउँपालिकालाई विपद जोखिम सम्बन्धि प्रतिकार्य सामाग्री हस्तान्तरण गरिएको छ ।
युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा प्रगतिशिल युवा समाज द्वारा संचालित विपद जोखिम व्यवस्थापन परियोजनाले बिहीबार पालिकालाई उक्त सामाग्री हस्तान्तरण गरेको हो ।
विभिन्न समयमा हुने विपदका घटनालाई मध्यनजर गर्दै घटना घटेपछि उद्धार गर्नका लागि आवश्यक पर्ने १ लाख बढीको सामाग्री पालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डितलाई हस्तान्तरण गरिएको छ ।
उक्त सामाग्रीमा आगो निभाउने एन्ष्टेन्सर २ सेट , त्रिपाल १० सेट , रेनकोट ५ सेट , लामो दुरीको टर्च २ सेट, सुरक्षा बेल्ट २ वटा , हेल्मेट ९ वटा, सुरक्षीत बुट ५ जोड, हेण्ड माइक १ वटा , बाकस १ वटा , लेदर पञ्जा ४ जोड, सुरक्षीत रिङ्ग २ वटा , सिटी ४ वटा , स्टिचर २ वटा , रसि ५ वटा , बेड ४ वटा हेडलाइट २ वटा , सुरक्षीत ज्याकेट ५ वटा , हतौडा २ वटा , बेल्चा २ वटा लगायत गरि १ लाख ४६ हजार ८ सय ४३ रुपैयाँ बराबरको सामाग्री परियोजनाका फिल्ड सुपरभाइजर पदम बिष्टले पालिका प्रमुख प्रशासकीय अधिकृत पण्डितलाई हस्तान्तरण गर्नु भएको छ ।
उक्त सामाग्री पालिकाको विपदका घटना भएको ठाउँमा प्रयोग हुने जनाइएको छ ।