बझाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता,निरन्तरता जिल्ला घोषणा,

सेयर गरौं

बझाङ ।असार २२।बझाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता  जिल्ला घोषणा कार्यक्रम सम्पन्न गरिएको छ। 

Screenshot 20230707 153658 1

आज जिल्ला समन्वय समिति बझाङको हलमा एक औपचारिक कार्यक्रम गरि जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो। 

जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिका लाई १३ प्रकारका खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। 

जिल्ला खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख नर बहादुर , बिशिस्ट अतिथि जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजाल ,अतिथी प्रमुख जिल्ला अधिकारि नारायण पाण्डे, सुरक्षा निकायका प्रमुख ,  अतिथि स्वस्थ्य निर्देशनालय डाेटिका फोकल पर्सन मीनराज जोशि रहनु भएको थियो।

जिल्लाका ४  हजार ४ सय १२ जना बालबालिकाले पूर्ण रूपमा खोप पाएका छन। 

राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरेपछि पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ कार्यालय बझाङका प्रमुख भानु जोशीले  बताए। 

कार्यक्रममा बोल्दै जोशीले भने;  खोप कार्यक्रमको मुख्य लक्ष्य भनेको बालबालिकाहरुलाई रोग लाग्न बाट जोगाउने , अपाङ्ग दर तथा मृत्यु दर कम गराउने हुनाले  खोपको निरन्तरता जरुरी रहेको बताए ।

बझाङका १२ वटा पालिकाले पूर्ण खोप घोषणा गरेर जिल्ला खोप समितिलाई बुझाएको तथ्यांकबाट सबै स्थानीय तहले ८० प्रतिशत सूचकांक पूरा गरेको स्वास्थ्य कार्यालयले जनाएको छ।हरेक वर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चित गर्नुपर्ने प्रावधान रहेको छ। बिफर उन्मुलन, पोलियो मुक्तको अबस्था, ५ वर्ष मुनिका बालबालिकाहरुको मुत्यदरमा सह्रशताब्दी विकास लक्ष्य हासिल हुनु, नवजात शिशुमा हुने धनुष्टंकारको निवारण, दादुरा रोग निवारण उन्मुलन रहनु तथा जापनिज इन्सेफ्लाईटिस तथा रुबेला रोग नियन्त्रणको अबस्थामा रहनु खोप कार्यक्रमका मुख्य सफलता रहेको छ ।

घोषणा कार्यक्रममा स्वास्थयकर्मी ,महिला स्वयंसेवक ,नागरिक समाज ,पत्रकार लगायतको बाक्लो उपस्तिथि सङै सहभागीरूले पूर्णखोप सुनिश्चता तथा दिगोपनाका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षरसमेत गरेका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1263