दुर्गाथलि गाउँपालिकामा भुकम्पले चर्किएको घर भत्किएपछि पीडितलाई राहत वितरण

सेयर गरौं

बझाङ :- बझाङको दुर्गाथलि गाउँपालिकामा भुकम्पले चर्किएको घर भत्किएपछि पिडितलाई राहत वितरण गरिएको छ । दुर्गाथलि गाउँपालिका-३ को बिनाडाका कवि धामीको घर पहिला नै भुकम्पले चर्किएको थियो भने वर्षायाम सुरु भयसँगै शुक्रबार पानीले घर भत्किएको हो । दिउँसो १ बजे तिर घरमै सहपरिवार खाना बनाइ रहेका बेला घर पुर्ण रुपमा भत्किएको थियो । मानविय क्षति भने भएको छैन तर जनधनको पुर्ण क्षति भएको छ । घर भत्किदा धामीको दुध दिने गाई मरेको छ , भने घरभित्र रहेको अनाज भाँडाकुँडा ओड्ने ओछ्याने पुरिएका छन् ।

पालिका र वडा कार्यालयको आर्थिक सहयोगमा शनिबार पीडित परिवारको चोटमा मलम पट्टी लगाउन खाद्यान्न लगायतका सामाग्री उपलब्ध गराइएको वडा नम्बर-३ का वडाध्यक्ष रमेश बहादुर बोहराले जानकारी दिनु भएको छ । अध्यक्ष बोहराका अनुसार डेढ क्विन्टल चामल , डेढ क्विन्टल गहुँ, भाँडाकुँडा , ओड्ने ओछ्याने , नुनतेल , त्रिपाल लुगा कपडा लगायतका आवश्यक सामाग्री उपलब्ध गराइएको हो ।
घरभत्किएपछि धामीको सात जनाको परिवार बिचल्लीमा परेको छ । अहिले उक्त परिवार छिमेकीको घरमा बसिरहेको छ ।

वडाध्यक्ष बोहराले पीडितलाई थप राहत उपलब्ध गराउनका लागि पालिका हुँदै जिल्लासम्म पहल चाल्ने बताउनुभयो ।

1688818036547
1688818015206 1
1688818008852 1
1688818006017
1688818026751
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212