२८ आश्विन २०८१, सोमबार
सभापति थापाकाे पहलमा बिपन्न,दलित र अपाङ्ग विद्यार्थीलाई छात्रवासकाे व्यवस्था ।
पवन बाेहरा बझाङ ।
बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ९ झाेतामा रहेकाे बझाङ दिप क्याम्पस झोताको संचालक समितिको बैठक सम्पन्न भएकाे छ ।
आईतवार बसेकाे बझाङ दिप क्याम्पस झोताको संचालक समितिको बैठकमा क्याम्पसका सभापति कमल थापाकाे पहलमा ६ जना पुणरूपमा छात्रवृत्ति र ६ जना आधी छात्रबृती दिने गरि जम्मा १२ जनालाइ छात्रवृत्ति दिने निर्णय गरिएकाे छ । छात्रबृतिमा सहिद परिवार,जेहन्दार,बिपन्न बर्ग,दलित,अपाङ्ग र भगौलिक बिकट्तामा रहेका विद्यार्थीलाई समेटिने बझाङ दिप क्याम्पसका सभापति कमल थापाले बताउनु भयाे ।
उहाका अनुसार छात्रवासमा विद्यार्थीलाई बेड र कार्पेटको ब्यवस्थापन गरि छात्रवासमा बस्न चाहने विद्यार्थीलाई छिटो छात्रवासमा बसालिने निर्णय गरिएकाे छ । साथै संचालक समितिको बैठक सफा र सान्त बातावरण ढंगले सम्पन्न भएकाे बताउनु भयाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1