११ बैशाख २०८२, बिहीबार

बझाङमा जेसिबि दुर्घटना, चालक घाइते
बझाङ :- बझाङमा जेसिबि दुर्घटना भएको छ । जिल्लाको छबिस पाथिभेरा गाउपालिका ४ ब्याँरी नजिकै बालुवा खानीमा बा ३ झ २३३५ नम्बरको बिद्या ज्योती कन्ट्रक्सनको जेसिबि दुर्घटना भएको हो ।
ब्याँसी हुँदै बिसौन सम्मको सडक स्तरोन्नतिका लागि ल्याइएको जेसिबि बर्खाको समयमा पानी पर्ने भएकालेे काम नहुने भन्दै ब्याँसीबाट भाँडे फर्किने क्रममा बालुवा खानी नजिकै सोमबार बिहानै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जेसिबि दुर्घटना हुदा जेसिबि चालक नुवाकोट बिदुर नगरपालिका- ११ बस्ने अन्दाजी २८ बर्षिया युवराज तिमिल्सेना घाइते भएका छन् । उनको अबस्था मध्यम रहेको र उपचारको लागी जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
घटना भए लगत्तै प्रहरी सहायक निरीक्षक देब सिह कुँवर सहितको ३ जनाको टोलि घटनास्थलमा पुगेर घाइतेको उद्धार गरीएको थियाे । जेसिबि सडक बाट २५० मिटर तल खसेकाले पुर्ण रुपमा क्षती भएको जनाइएको छ । चालक हाम फालेर ज्यान जोगाउन सफल भएका बताइएको छ ।