थलारा गाउँ पालिकाको वार्षिक बित्तिय प्रगति ८८.०६ प्रतिशत

सेयर गरौं

चालू आर्थिक बर्ष २०७९/०८० मा थलारा गाउँ पालिकामा बित्तीय प्रगति ८८.०६ प्रतिशत रहेको छ ।थलारा गाउँ पालिका लेखा अधिकृत दिपक राज पाण्डेले दिनु भएको जानकारी अनुसार मिति २०८० साल असार २४ गते आईतवार राति ११:४५ देखि भुक्तानी सम्बन्धि लेखाङकन प्रक्रिया बन्द गरिएको र उक्त अबधि भित्र गरिएको भुक्तानी अनुसार गाउँ पालिकाको समग्र बित्तिय प्रगति ८८.०६ प्रतिशत रहेको छ ।
थलारा गाउँ पालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि ५४ करोड ६१ लाख २ हजार ६ सय ५३ स्वीकृत गरिएकोमा ४८ करोड ९ लाख ९७ रुपैयाँ खर्च भएको छ ।
पालिकाले चालू तर्फ ३९ करोड ७७ लाख ३९ हजार ८ सय २५ रुपैया स्वीकृत भएकोमा ३६ करोड ३५ लाख २९ हजार ४ सय ६५ रुपैयाँ अर्थात ९१.३७ प्रतिशत खर्च भएको छ ।

त्यस्तै पुजीगत तर्फ रु. १४ करोड ८२ लाख ६२ हजार ८ सय २८ स्वीकृत भएकोमा ११ करोड ७३ लाख ७० हजार ६ सय ३४ अर्थात ७९.१६ प्रतिशत खर्च भएको छ । समग्रमा हेर्दा थलारा गाउँ पालिकाको वार्षिक वित्तीय प्रगति ८८.०६ प्रतिशत रहेको प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डितले बताउनु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
पदम खड्का
पदम खड्का
Articles: 241