भारतको सिमलामा पहिरोमा परेर तीन नेपालीको मृत्यु 

सेयर गरौं

बझाङ :- भारतको हिमाञ्चल राज्यको सिमलामा गएको पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु भएको छ । 

सिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार गएको पहिरोमा परी रुकुम पश्चिमका ३ जनाको मृत्यु भएको हो । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ खहरे, टुमीबोटका दीपबहादुर वली, श्रीमती भीमा वली र छोरा मोहन वलीको पहिरोमा परी मृत्यु भएको वडाध्यक्ष हरिबहादुर खड्काले बताए ।

जेठा छोरा पनि उनीहरूसँगै बस्ने भए पनि अन्यत्र गएकाले बच्न सफल भएको वडाध्यक्ष खड्काले जानकारी दिए। 

केही दिनयता हिमाञ्चललगायत उत्तर भारतका केही क्षेत्रमा भारी वर्षा भइरहेको छ । जसका कारण धेरै ठाउँमा बाढीरपहिरोले जनधनको क्षति गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1203