दुर्गाथलि गाउँपालिकामा रहेको मौलाली स्वास्थ्य चौकीमा इन्टरनेट सेवा जडान

सेयर गरौं

बझाङ :- बझाङको दुर्गाथलि गाउँपालिकामा रहेको मौलाली स्वास्थ्य चौकीमा इन्टरनेट सेवा जडान गरिएको छ । दुर्गाथलि गाउँपालिका-३ मा रहेको मौलाली स्वास्थ्य चौकीमा वडा कार्यालयको सहयोगमा बुधबार आज स्वास्थ्य चौकीमा इन्टरनेट सेवा जडान गरिएको हो । स्वास्थ्य चौकीमा इन्टरनेट सेवा नहुँदा स्वास्थ्यको रिपोर्ट बुझाउनमा समस्या रहेको थियोे । पालिकाको स्वास्थ्य शाखामा स्वास्थ्य चौकीको रिपोर्ट बुझाउनु परे एक जना कर्मचारी जानू पर्ने र कर्मचारी रिपोर्ट बुझाउन जाँदा सेवा प्रवाहमा समस्या आउने गरेको थियोे । अब इन्टरनेट सेवा जडान गरिएपछि स्वास्थ्य चौकीबाटै रिपोर्ट अनलाइन मार्फत बुझाउन सकिने र सेवा प्रवाहमा सहजता आउने विश्वास गरिएको छ ।

त्यस्तै बुधबार नै स्वास्थ्य चौकीको नयाँ भवन वरिपरि वृक्षरोपण गरिएको छ । वडा अध्यक्ष रमेश बोहराको नेतृत्व तथा स्वास्थ्य चौकीका कर्मचारी र बझाङदिप क्याम्पस झोताका स्ववियु सदस्य हंशबहादुर रोकाया लगायत स्थानीयहरूको सहभागीतामा विभिन्न फलफूल जातकाबोट बिरुवाहरू रोपिएको बताइएको छ । स्वास्थ्य चौकी क्षेत्रलाई सफा र बलियो बनाउनलाई वृक्षरोपण गरिएको पनि बताइएको छ ।

received 646936927362996
received 653096000044068
received 177281472008697
received 947576269866033
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212