१३ माघ २०८१, आईतवार
रोकायाले गरे भुकम्पबाट प्रभावित विद्यालयको भवन निर्माणका लागि ५१ हजारबढी आर्थिक सहयोग
बझाङ :- बझाङको थलारा गाउँपालिकामा रहेको थलारा बहुमुखी क्याम्पसका संचालन समिति अध्यक्ष कृष्ण बहादुर रोकायाले भुकम्पबाट प्रभावित भवन निर्माणका लागि आर्थिक सहयोग गर्नु भएको छ ।
थलारा गाउँपालिका-६ पिखेत घर भएका रोकायाले थलारा गाउँपालिका – ५ मा रहेको थलारा माध्यमिक विद्यालयको भुकम्पबाट प्रभावित भएको भवन निर्माणका लागि ५१ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो । उहाँले आज बिहीबार विद्यालयको नाममा रहेको खातामा उक्त रकम जम्मा गरेको बताए ।
२०२६ सालमा स्थापना भएको विद्यालयका संस्थापक स्वर्गीय बाजे गिरी रोकायाको सम्झनामा उक्त आर्थिक सहयोग गरिएको रोकायाले बताए । उहाँले भने उक्त विद्यालय भुकम्पले छेदविच्छेद भएको छ, अहिले जनस्तरबाट निर्माण हुन लागेको नयाँ भवनका लागि आर्थिक सहयोग गरेको हु ।
थलारा माध्यमिक विद्यालयले यसअघि नै व्यवस्थापन समितिको बैठकबाट भवन निर्माणका लागि आर्थिक सहयोग संकलन अभियान चलाएको थियोे । उक्त अभियानबाट अहिलेसम्म साढे ५ लाख रकम सम्म संकलन भएको प्रधानाध्यापक शेरबहादुर चौहानले जानकारी दिनु भएको छ । भवन निर्माणका लागि अहिलेसम्म भएको सहयोगमा सबैभन्दा बढी रोकायाले गर्नु भएको छ । अहिले विद्यालयको नयाँ भवन निर्माणको कार्य भइरहेको छ ।
यसअघि संस्थापक स्वर्गीय रोकायाको नाममा विद्यालयमा ३ लाखको गिरी रोकाया स्मृति अक्षयकोष स्थापना गरिएको थियोे । उक्त अक्षयकोषबाट गरिब बिपन्न दलित विद्यार्थीलाई सहयोग गरिदै आएको छ ।