२५ मंसिर २०८१, मंगलवार
थलारा गाउँ पालिकामा दुईवटा ठुला बिधुत आयोजना बन्ने , प्रारम्भिक सर्बेको काम सकियो ।
थलारा गाउँ पालिकामा दुईवटा ठूला बिधुत आयोजना निर्माणको हुने भएकाछन । थलारा गाउँ पालिका वडा नम्बर ६ पिखेत र वडा नम्बर ४ मोयलमा अलग अलग दुई ठुला बिधुत उत्पादन आयोजना बन्ने भएका हुन ।अहिले आयोजनाको प्रारम्भिक अध्ययन भैरहेको छ । सुर्मासरोवर हाइड्रोपावर प्रालि र गोपाल दत्त पाण्डे कम्पनीले सेती नदिको पानीबाट थलारा गाउँ पालिकामा दुईवटा ठूला बिधुत आयोजना निर्माणकालागि प्रताव गरेका हुन ।
सुर्मा सरोवर हाइड्रोपावर प्रालिले थलारा गाउँ पालिका वडा नम्बर ३ कुच देखि वडा नम्बर ४ को मोयल सम्म सुरुङ निर्माण गरि पलाई नजिक पावर हाउस बनाउने छ जसबाट ५२ मेघावाट बिधुत उत्पादन गर्ने गरि प्रस्ताव पेस गरेको छ ।
त्यस्तै अर्को गोपाल दत्त पाण्डे कम्पनीले वडा नम्बर ९ को मालुमेला देखि वडा नम्बर ६ पिखेत राक्से बगर सम्म सुरुङ निर्माण गरि ६४ मेघावाट बिधुत उत्पादन गर्ने प्रस्ताव पेस गरेको छ ।
दुईवटै आयोजनाको प्रारम्भिक सर्वेको कार्य सम्पन्न भै सकेको छ भने अहिले आयोजना निर्माण बारे पालिकाबाट राय सल्लाह लिने कार्य भैरहेको नेपाल इन्भारोमेन्ट डिप्लोप्मेन्ट कन्सलटेन्सि का बाताबरण सम्बन्धि अनुसन्धानकर्ता शिव मरहट्टाले बताउनु भयो । उनका अनुसार दुईटै आयोजनाको प्रारम्भिक सर्वे भएर स्थानीय सरकारबाट राय लिने कार्य भै रहेको छ । त्यसपछि टिओआर तयार गरि स्वीकृतिका लागि मन्त्रालय पठाईने छ । मन्त्रालयको स्वीकृति पाएपछि बाताबरण मुल्यांकन (एआईए) गरिने छ । एआईए पास भए पछि सार्वजनिक सुनुवाइ गरि जेनेरेशन लाईसेन्स लिएर निर्माणको चरण थालिने छ ।
थलारा गाउँ पालिकामा बिधुत उत्पादनका यी दुई ठूला आयोजना बने पालिकाको बिकासमा महत्त्वपूर्ण भुमिका खेल्ने छ ।सरदर एक मेघावाट बिधुत उत्पादनमा २० करोड जति अनुमानित खर्च लाग्ने भएकोले ६४ मेघावाटको आयोजनामा १२ अर्व ८० करोड र ५२ मेघावाटको आयोजनामा १० अर्ब ४० करोड अनुमानित लागत लाग्नेछ । आयोजनाको ०.७५ प्रतिशत बिकास खर्च स्थानीयले पाउने अनुसन्धान कर्ता मरहट्टाको भनाइ छ । यसका साथसाथै आयोजनाबाट धेरैलाई रोजगारीको अवसर मिल्नुका साथै स्थानीय उत्पादन पनि खपत हुनेछ ।