२४ माघ २०८१, बिहीबार

थलारा गाउँ पालिका कृषि शाखाले कृषकलाई बितरण गर्यो ३ हजार बर्षे फलफूलका बोट
थलारा गाउँ पालिका कृषि शाखाले किसान लाई बर्षे फलफूलका बोटहरु बितरण गरेको छ ।प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तरगत कृषि शाखाले तीन हजार बोटहरु मंगलबार बितरण गरेको हो ।
फलफुल खेती गरि किसानले आयआर्जन गर्न सकुन र थलारा गाउँ पालिका फलफूलमा आत्मनिर्भर बन्न सकोस् भन्ने उद्देश्यले बोटहरु बितरण गरिएको थलरा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खातीले बताउनु भयो ।
थलारा गाउँ पालिकाले वडा नम्बर १र३लाई फलफूल पकेट क्षेत्र घोषणा गरेको छ ।उक्त पकेट क्षेत्रमा र फलफूल खेती गर्न चाहाने अन्य किसानलाई सुन्तला, मौसमी , कागती र अमिलो गरि ३ हजार बोट बितरण गरेको कृषि शाखा अधिकृत प्रदिप नेपालीले जानकारी दिनुभयो ।
हाम्रो लक्ष पालिका भित्रका ९ वटै वडामा ८ हजार बोट बितण गर्ने लक्ष्य छ । बाकी बोटहरु बितरणको क्रम जारी रहेको छ शाखा अधिकृत नेपालीले भन्नुभयो ।