२८ आश्विन २०८१, सोमबार
थलारा गाउँ पालिकामा खाध्य सुरक्षा र स्वस्थ बाली उत्पादन प्रमाणीकरण सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न
थलारा गाउँ पालिकामा खाध्य सुरक्षा र स्वस्थ बाली उत्पादन प्रमाणीकरण सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।
बहुउद्देश्य बिकास समाज (MPBS) को आयोजनामा स्थानीय तहमा उत्पादनमा आधारित बिधालय दिवा खाजा ब्यबस्थापन समिति संगको एक दिने गोष्ठी आज सम्पन्न भएको हो ।
थलारा गाउँ पालिका भित्र दिवा खाजा लागू भएका सामुदायिक बिधालयमा कसरी बालबालिकालाई बिषादी रहित तरकारी खुवाउने र कृषकलाई कसरी बिषादी प्रयोग नगरी तरकारी उत्पादन गराउने भन्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको बहुउद्देश्य बिकास समाजका थलारा फल्ड टेक्निकल असिस्टेन्ट धनशेर बहादुर कठायतले बताउनु भएको छ ।
गोष्ठी थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खातीको अध्यक्षतामा भएको थियोे । गोष्ठीलाई बहुउद्देश्य बिकास समाजका फिल्म अफिसर पवन कुमार खातीले अभिमुखिकरण गर्नु भएको थियो ।
दिवा खाजा कार्यक्रम थलारा गाउँ पालिकाका सबै सामुदायिक बिधालयमा लागू छ ।