थलारा माध्यमिक विद्यालयको भवन निर्माणका लागि साउदी अरबमा काम गर्दै आएका एकजना थलाराबासीले दिए ५५ हजार भन्दा बढी रकम चन्दा

सेयर गरौं

बझाङ – बझाङको थलारा गाउँपालिकामा रहेको थलारा माध्यमिक विद्यालयलाई खाडी मुलुक साउदी अरबमा काम गर्दै आएका एक जना थलाराबासीले ५५ हजार भन्दाबढी चन्दा दिनुभएको छ ।
भुकम्पले बिद्यालयको भवनमा क्षतिपुर्‍याएपछि भवन पुनर्निर्माणकाका लागि भन्दै थलारा गाउँपालिका वडा नम्बर ६ पिखेत घर भइ हाल कञ्चनपुरको कृष्णपुर निवासी बीरजीत रोकाया बिष्टका नाति,बुबा लालु रोकाया र आमा अम्भा देवी रोकाया बिष्टका छोरा नरेन्द्र बहादुर रोकाया बिष्ट नन्दु नौलाघरेले थलारा माध्यमिक विद्यालयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ चन्दा सहयोग गर्नु भएको हो ।
गत मंसिरमा गएको भुकम्पले बिद्यालयको भवनमा क्षति पुर्‍याएपछि भवन पुनर्निर्माण गर्न भनी थलारा माध्यमिक विद्यालय खोलीले चन्दा अभियान थाल्दै देश बिदेशका अभिभावकलाई सहयोगको लागि अपिल गरेको थियोे । सोही अपिल अनुसार रोकाया बिष्ट नौलाघरेले उक्त चन्दा सहयोग गर्नु भएको हो ।
थलारा गाउँपालिका वडा नम्बर ६ पिखेत घर भै कञ्चनपुर कृष्णपुर नगर पालिका २ बंकनिवासी रोकाया हाल कामको शीलशिलामा साउदी अरवमा हुनुहुन्छ ।
सम्पत्ति बढी र पैसा बढी भएर होइन कि आफूमा सेवा भाब र मनकारी भावना भएकाले आफुले बिद्यालयलाई उक्त चन्दा सहयोग गरेको उनले बताउनु भएको छ । उनी अहिलेसम्म बिद्यालय भवन निर्माणका लागि सबै भन्दा बढि सहयोग गर्ने चन्दा दाता बनेको थलारा माध्यमिक विद्यालयका प्रधानाध्यापक शेर बहादुर चौहानले बताउनु भएको छ ।
उनका अनुसार रोकायाले रेमिट्यान्स मार्फत थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीको खातामा उक्त रकम पठाएको र उपाध्यक्ष खातीले सोमबारनै रकम बिद्यालयलाई हस्तान्तरण गर्नु भएको छ ।

received 178523461802637
received 797238765427452
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
8
+1
1
+1
4
+1
3
+1
1
+1
1
पदम खड्का
पदम खड्का
Articles: 270