थलारा गाउँ पालिकामा देखियो आँखा पाक्ने रोग

सेयर गरौं

थलारा गाउँ पालिकामा आँखा पाक्ने रोग देखिएको छ । थलारा गाउँ पालिका वडा नम्बर ५,६ र ८ मा आँखा पाक्ने रोगका बिरामी देखा परेका हुन ।

सुदुर पश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा देखा परेको आँखा पाक्ने रोग पहाडी जिल्लामा पनि देखा पर्न थालेको हो ।बझाङ देखि तराईका जिल्लामा आवतजावत गर्ने क्रममा आँखा पाक्ने रोग बझाङ भित्रिएको हो ।

बिदाको समयमा धनगढी गएको थिए त्यहाँ आँखा पाक्ने समस्या रहेछ हिजो अस्ति देखि मेरो आँखा पाके एकदमै दुखि रहेको छ थलारा गाउँ पालिका ६ निवासी शिक्षक भिमराज गीरीले बताउनु भयो । त्यस्तै थलारा गाउँ पालिका वडा नम्बर ५ का बिरेन्द्र जेठाराले पनि कामको शिलामा धनगढी गएको र आँखा पाक्ने र‍ोग देखिएको तर अहिले निको भैसकेको बातउनु भयो ।

आँखा पाक्ने एक सरुवा र‍‍ोग हो , हावका माध्यमबाट सर्ने गर्दछ । एक्कासि एउटा अथवा दुबै आँखा रातो हुने, अँखा धेरै चिलाउने , अँखामा कचेरा आउने तथा टासिने , आँखा बाट आँसु बगिरहने आँखा सुन्निने , दुख्ने / बिझाउने तथा घाममा हेर्न गार्हो हुने जस्ता लक्षण यस रोगका रहेको थलहरा आयुर्वेद औषधालयका वैद्य प्रेम बहादुर खातिले बताउनु भएको छ ।

यसबाट बच्न जथाभावी रुपमा आँखा नछुने /आँखा छुनु परेमा पहिले राम्रोरी साबुन पानीले हात सफा गर्ने साथै सफा पानीले आँखा सफा गर्ने , अरुले प्रयोग गरेको तौलिया / रुमाल प्रयोग नगर्ने र ब्यक्तिगत सरसफाइमा ध्यान दिनु पर्ने वैद्य खाती ले सल्लाह दिनु भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
2
+1
0
पदम खड्का
पदम खड्का
Articles: 270