एक महिना बन्द रहेका थलारा गाउँ पालिकाका सामुदायिक बिधालय आजबाट खुले

सेयर गरौं

एक महिना देखि बन्द रहेका थलारा गाउँ पालिकाका सामुदायिक बिधालय आजबाट सञ्चालन भएका छन् । असार १७ गते देखि बन्द रहेका बिधालय एक महिना पछि आज खुलेका हुन ।
थलारा गाउँ पालिका शिक्षा शाखाको शैक्षिक पात्रो अनुसार असार १७ देखि साउन १६ गतेसम्म एक महिना पालिका भित्रका सबै सामुदायिक बिधालयमा बर्षे बिदा दिईएको थियोे ।
एक महिने बर्षे बिदा सकिएसंगै पालिका भित्रका सबै सामुदायिक बिधालयमा आजबाट पढाइ सुरु भएको थलारा गाउँ पालिका शिक्षा संयोजक हर्क बहादुर रोकायाले जानकारी दिन भएको छ ।
थलारा गाउँ पालिकामा ४२ वटा बिधालय र ५ वटा सामुदायिक बालबिकास कक्षा रहेकाछन । जसमा ५ हजार २ सय बिध्यार्थी अध्ययन गरि रहेकाछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 159