सुदूरपश्चिममा ४ सय नयाँ सैनिक भर्ना, कहाँबाट कति ?

सेयर गरौं

धनगढी: नेपाली सेनामा तीन हजार बढी नयाँ सैनिक भर्ती भएका छन्। विभिन्न ब्यारेकमा भर्ना भएका नयाँ सैनिकलाई सैन्य आधारको तालिम दिन थालिएको छ।

जसमा सुदूरपश्चिमका पनि ४०० नयाँ सैनिक रहेका छन्। उनीहरुको तालिम थालिएको जनाइएको छ। सैनिक स्रोतका अनुसार श्री देवीदल गण, कैलालीमा २५०, श्री भैरवप्रसाद गण, डोटीमा एक सय, श्री गुरुगोरख गुल्म, दार्चुलामा ५० जनालाई भर्ना गरिएको छ। 

सेनाले उनीहरुको सैन्य तालिम थाल्ने तयारी गरेको छ। 

सैन्य तालिममा जाँदा व्यक्तिगत सामान अनिवार्य लैजानुपर्ने 

नेपाली सेनाले सैन्य तालिममा जाँदा आफ्ना व्यक्तिगत सामानहरु अनिवार्य साथमा लिन सुसूचित गराएको छ। ठूलो कालो झोला, एक जोर सिभिल लुगा, साधारण नोख भएको एकजोर कालो जुत्ता, फुल साइजको कालो सिभिल मोजा, चप्पल, पिटी गन्जी र अण्डरवेयर, महिलाको हकमा भित्री वस्त्र, ब्रस, मन्जन र साबुन, काली, जुत्ता पुस्ने ब्रस, दाह्री काट्ने सामान, साधारण बकल भएको कालो छालाको बेल्ट, स्पोर्ट सुज सैनिकले अनिवार्य साथमा लैजानुपर्नेछ।

त्यस्तै, सेनाले सैनिकहरुलाई आफ्नो व्यक्तिगत प्यान नम्बर बनाउन निर्देशन छ। व्यक्तिगत खाता खोलेर एटीएम पनि आफैंसंग लैजानुपर्ने, व्यक्तिगत विवरण किताबमा अनिवार्य छाप लगाउन र आफूले ईच्छाएको व्यक्तिको फोटो र नागरिकता पनि साथमा ल्याउन भनिएको छ। सम्बन्धित केन्द्रहरुले सैनिकहरुको विवरण संकलन गरेर राख्नुपर्नेछ। सैनिकहरु आफ्नो व्यक्तिगत कागजातबिना उपस्थित हुँदा तालिममा असर परेपछि सेनाले पहिले नै जानकारी गराएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1203