२४ माघ २०८१, बिहीबार

जिल्ला अस्पताल बझाङमा आउँछन् आँखा पाक्ने समस्या लिएर दैनिक १५ जना भन्दा बढि बिरामी
बझाङमा समेत आँखा पाक्ने रोग देखा परेको छ । जिल्लाको मुख्य केन्द्र रहेको जिल्ला अस्पतालमा रहेको आँखा उपचार केन्द्रमा केही दिन यता देखि आँखा पाक्ने रोगका विरामीहरु अत्यधिक बढेका छन । साउन महिना लागे देखि दिनकै १५ र२० जना आखा पाक्ने समस्या लिएर बिरामी अस्पतालमा आउने गरेको जिल्ला अस्पतालका नेत्र प्राबिधिक खडक भाटले बताउनुभयो ।
गर्मि बढे सँगै आँखामा भाईरल, व्याकटेरीयाका विरामीहरु बढेको उहाले बताउनुभयो । यो समयमा विगतका वर्षहरुमा पनि विरामीको संख्या धेरै हुने भए पनि यस वर्ष भने त्यो संख्या निकै बढेको अस्पतालले जनाएको छ । आँखा रातो हुने, चिलाउने, बिजाउने, घाममा हेर्न नसक्ने आँखा रोगका लक्षण देखिने गरेको जिल्ला अस्पतालका डा नबराज जोशीले बताउनुभयो । तत्काल अस्पतालमा आएमा एक सातामा रोग निको हुने उहाले बताउनुभयो । आँखा रोग सरुवा रोग भएकाले सचेतना अपनाउन समेत चिकिस्तकले सल्लाह दिएका छन । अन्य मेडिकलमा आउने को संख्या छोडेर जिल्ला अस्पतालमा मात्र दैनिक १५ र२० विरामीको आँखाको उपचार भइरहको अस्पतालले जनाएको छ ।
सामान्य सम्पर्कबाटै सर्ने यो रोग तराईमा सीमित रहेकामा अहिले तराइ बाट आउनेहरु बाट जिल्लामा पनि फैलिएको हो । राम्ररी उपचार नगराई पसल बाट सिधै औषधि किनेर प्रयोग गर्नेको संख्या पनि ठूलो भएको जिल्ला अस्पतालका डा नबराज जोशीले बताउनुभयो । समयमै उपचार नगर्दा र जथाभाबी औषधि प्रयोगले आँखाको नानीमा स्थायी दाग देखापर्ने र ज्योति समेत कम हुने समस्या देखिने भएकाले सचेत रहन आग्रह गर्नुभयो । यो रोग लाग्नबाट बच्नका लागि दिनहुँ पटक पटक सफा पानीले आँखा धुने, फोहोर हातले आँखा नछुने, राम्रोसंग साबुन पानीले हात धुने, आँखा सम्बन्धी केही समस्या परेमा तुरुन्त डाक्टर संग परामर्श लिएर सोही अनुरुप औषधिको प्रयोग गर्नु पर्ने स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले सर्वसाधरणलाइ सुझाब दिनुभयोे । आँखा पाक्ने रोगबाट बढी विद्यार्थी र शिक्षक प्रभावित भएका छन् ।