बझाङमा गाउँलेले भत्काएको घर सार्वजनिक जग्गामा भएको पुष्टि

सेयर गरौं

बझाङ । बझाङको बित्थडचिर गाउँपालिका–७ स्याल ढुड्ढामा जातीय विभेद गरेर दलितको निर्माणधीन घर भत्काएको विवादपछि घर सार्वजनिक खाली खाल्सा गौचरन जमिन भएको पृष्टी भएको छ । नापी कार्यालय र मालपोत कार्यालय झोताको टोलीले घटनास्थलमा पुगेर नापचाँच गर्दा जमिन सार्वजनिक जग्गामा परेको पुष्टी भएको हो ।

गएको साता स्थानीय पुड्को ओखेडाले आफूमाथि कथित उपल्लो जातिका मान्छेले निर्माणधीन घर भत्काएको भन्दै जिल्ला प्रहरी कार्यालयमा न्यायका लागि निवेदन दिएका थिए ।

मंगलबार स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहबरमा दुवै पक्षलाई राखेर जग्गा विवादको समस्या समाधान गरिएको हो ।

धामी गाउँ निवासी दलित दुई परिवार २५ वर्ष अगाडिदेखि स्यालढुड्ढामा बसोवास गर्दै आएका थिए । दलित परिवारको एउटा कित्ता दर्ता भएर घर आवास बनाएको र बाँकी रहेको दर्ता जग्गासँग जोडिएको सार्वजनिक जग्गा अतिक्रमण गर्दै आएपछि गाउँलेहरुले पुड्को आखेडाको निर्माणधिन घर र केही खेती बारी अघिल्लो साता हटाएको हो । घर टहरा गाउँलेहरुले हटाएको विषयमा बाहुनको बस्तीमा जातीय छुवाछुत गरेर हटाएको भन्दै व्यापक आलोचना भएको थियो ।

गाउँलेहरुले कानुन हातमा लिएर गरेको काम गैरजिम्मेवार भएको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनु भयो । उनले अभद्र व्यवहारमा मुद्दा दर्ता भएर कानुनी प्रकृयामासमेत गइसकेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1263