कञ्चनपुरमा भारत लैजान लागिएकी बालिकाको उद्धार

सेयर गरौं

धनगढीः कञ्चनपुरको नेपाल भारत सीमा नाकाबाट एक बालिकाको उद्धार गरिएको छ । जिल्लाको दोधारा चाँदनी नाकाबाट बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ की १६ वर्षीया एक बालिकाको उद्धार गरिएको हो ।

सोही ठाउँका १७ वर्षीय नरेश चँदाराले ती बालिकालाई बिवाह गरेको बहानामा भारत लैजाँदै गरेको अवस्थामा उद्धार गरेको शान्ति पुनस्र्थापना गृह गड्डाचौकीले जनाएको छ ।

बालिकालाई ललाइ फकाइ गरी कामको खोजीमा भारत लैजान लैजाँदै गर्दा उद्धार गरिएको बताइएको छ । उनलाई आफन्तको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1072