अत्तरिया बसपार्कबाट ११ लाख रूपैयाँसहितकाे झाेला चाेरी भएको ठेकेदारको दाबी

सेयर गरौं

धनगढी: कैलालीको अत्तरिया बसपार्कबाट एक जना निर्माण व्यवसायीको ११ लाखसहितकाे झोला हराएको छ।

बिहीबार बिहान अत्तरियाबाट बझाङ गइरहेका निर्माण व्यवसायी धनगढी उपमहानगरपालिका-३ का बिरा भारतीले झाेला हराएको दाबी गरेका छन्।

भारतीले तत्कालै प्रहरीलाई खबर गरेपनि हराएकाे झाेला भेटिएकाे छैन। इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त प्रमुख प्रहरी निरीक्षक बासुदेव भट्टले बसमा रहेका सबै मानिसलाई तत्काल चेकजाँच गरिएपनि हराएकाे भनिएकाे झाेला फेला नपरेकाे बताए।

भट्टकाअनुसार सीसीटीभी फुटेजकाे विश्लेषणबाट समेत कुनै कुरा पत्ता लागेकाे छैन।

भारतीय मजदुरहरूकाे ज्याला भुक्तानी गर्न उक्त रकम लगेर बझाङ गइरहेका थिए। उनले बुधबार मात्र धनगढीकाे सिटिजन बैँकबाट ९ लाख ९९ हजार रूपैयाँ झिकेका थिए भने एक लाख ५५ हजार उनको गोजीमै थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1335