बझाङको बुंगल नगर पालिकाका एक जना कर्मचारी बेपत्ता बिजगडा पुल नजिकै भेटिए उनले लगाएका चप्पल

सेयर गरौं

बझाङमा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बुंङ्गल नगरपालिका ३ विर्पैयाँका करिब ४० वर्षीय धनबहादुर बोहरा रहेका छन् ।

उनी बुङ्गल नगरपालिकाका कार्यालय सहयोगीसमेत रहेको इलाका प्रहरी चौकी बिजगडाले जनाएको छ । बोहरा नगरपालिकाबाट घर नफर्केको र उनले लगाएको चप्पल कालङ्गा नदिको किनारमा बिजगडा पुलको नजिक भेटिएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझदेखि बोहरा घर नफर्किएपछि परिवारले उनको खोजी गर्दा बिजगडा पुल नजिक चप्पल भेटाएको हुँदा उनी कालंगा नदीमा खसेको वा नखसेको यसबारे आधिकारिक रुपमा भन्न नसकिने इलाका प्रहरी चौकी बिजगडाले जनाएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1228