भारतको ब्याङलोर बस्दै आएका थापाले छ‍ोरीको स्मृतिमा थलारा मा.बि.लाई प्रदान गरे १० कुर्सी

सेयर गरौं

थलारा गाउँ पालिका वडा नम्बर ६ पिखेत निवासी हाल भारतको ब्यालोरमा बस्दै आउनु भएका राम बहादुर थापाका छोरा गणेश बहादुर थापाले थलारा मा. बि. लाई १० वटा प्लास्टिक कुर्सी प्रदान गर्नु भएको छ । स्वर्गीय छोरी आयुसी थापाको स्मृतिमा थापाले बिधालयलाई १० वटा कुर्सी प्रदान गर्नु भएको हो ।

आज एउटा समबेदना कार्यक्रमको आयोजना गरि थापाले प्रदान गरेका कुर्सी बिधालयलाई हस्तान्तरण गरिएको बिधालय ब्यबस्थापन समिति अध्यक्ष तथा थलारा गाउँ पालिका वडा नम्बर ६ का वडा अध्यक्ष अनिल कुमार बिष्टले जानकारी दिनु भएको छ ।
भारतको ब्याङलोरमा बस्दै आउनु भएका थापाकी छोरी आयुसी थापा स्टफ नर्स पढिरहेकि थिईन । गत बर्ष उनको असामयिक निधन भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
4
पदम खड्का
पदम खड्का
Articles: 125