थलारा माध्यमिक विद्यालयलाई कुुर्सी वितरण

सेयर गरौं

थलारा / बझाङको थलारा गाउँपालिका खोलीमा रहेको थलारा माध्यमिक विद्यालयलाई कुुर्सी वितरण गरिएको छ ।
थलारा गाउँपालिका- पिखेत निवासी रामबहादुर थापा तथा भगवती देवी थापाका छोरा गणेश थापाले १० वटा कुर्सी वितरण गर्नु भएको हो ।

रोजगारीको सिलसिलामा भारतको ब्याङ्लोरमा बस्दै आएका थापाले आफ्नो छोरी १८ वर्षीयी आयुसी थापाको स्मृतिमा विद्यालयलाई उक्त कुर्सी उपलब्ध गराउनु भएको हो ।
थापाको छोरी आयुसी भारत कर्नाटक राज्यको ब्यङ्लोर स्थित बि.एम.एस कलेजमा स्टाफ नर्स अध्यन गर्दै आएको समयमा उनको सन 2022 /11/14 मा असामयिक निधन भएको थियोे ।

थापाले आफ्नो छोरी आयुसीको स्मृतिमा उपलब्ध गराएका कुर्सीहरू शुक्रबार विद्यालयलका व्यवस्थापन समिति अध्यक्ष अनिल कुमार बिष्टले प्रधानाध्यापक शेरबहादुर चौहानलाई हस्तान्तरण गर्नुभएको छ ।
उक्त कुर्सी हस्तान्तरण कार्यक्रममा विद्यालयले मृतक आयुसीको समवेदना कार्यक्रम गरिएको छ। साथै उनको घरपरिवार तथा आफन्तजनहरूमा धैर्यधारण गर्ने शान्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्नु भएको थियोे ।

received 305240182035608
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212