बझाङको छविस पाथिभेरा गाउँपालिका कार्यालयमा तालाबन्दी

सेयर गरौं

बझाङ: विद्यालयको कर्मचारी छनोटमा अनियमितता भएको भन्दै बझाङको छविस पाथीभेरा गाउँपालिकामा तालाबन्दी गरिएको छ।

बान्नीचौर साधारण तथा प्राविधिक विद्यालयमा सिभिल इन्जिनियरिङ ल्याव असिस्टेन्ट कर्मचारी छनोटमा अनियमितता भएको भन्दै तालाबन्दी भएको हो।

तीन वर्षदेखि रिक्त रहेको उक्त पदमा २०७९ जेठ ३१ विज्ञापन गरिएको भए पनि २०८० साउन १८ गतेमात्रै परीक्षा भएको थियो। कागजात नपुगेको उम्मेदवारलाई छनोट गरिएको भन्दै तालाबन्दी गरिएको छ।

तीन जना उम्मेदवारको दरखास्त परेकोमा स्थानीय विमल जोशीलाई छनोट गरिएपछि असन्तुष्ट पक्षले पालिकामा नाराबाजीसहित आइतबार तालाबन्दी गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1246