थलारा गाउँ पालिकामा दुई दिने पालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा तथा योजना तर्जमा गोष्ठी सुरु ।

सेयर गरौं

थलारा गाउँ पालिकामा दुई दिने पालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा तथा योजना तर्जमा गोष्ठी सुरुभएको छ । थलारा गाउँपालिका स्वास्थ्य शाखाले आर्थिक बर्ष २०७९/८० को पालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा तथा २०८०/०८१ का लागि योजना तर्जमा गोष्ठीको आयोजना गरेको हो ।
गोष्ठी थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीको अध्यक्षतामा र निम्ति प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओलीको सञ्चालनमा भएको थियोे ।
गोष्ठीमा गतवर्षको खोप कार्यक्रमको प्रगति, मातृ तथा नवशिशु कार्यक्रम ,परिवार नियोजन सेवा,क्षय,कुष्ठ र‍ोग नियन्त्रण ,ओपिडि सेवा,महिला स्वास्थ्य स्वयंसेविकाबाट दिएको सेवा लगायत गत वर्षको आर्थिक तथा भौतिक प्रगति विवरणको समीक्षा र चालु आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमको कार्ययोजना वारे छलफल भएको स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओलीले बताउनु भयो ।
कार्यक्रममा जिल्ला स्वास्थ तथ्यांक अधिकृत कटक सार्की लगायत पालिका भित्रका दस वटै स्वास्थ संस्था प्रमुखको सहभागीता रहेको छ । गोष्ठी भोलि सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 279