२४ माघ २०८१, बिहीबार

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने सडक भासियो, सवारी आवागमन ठप्प
धनगढीः सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।
अविरल वर्षाले गर्दा हिजो राति कैलालीको गोदावरी नगरपालिका–४ स्थित भावर क्षेत्रमा ठुलो पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो ।
पहाडबाट तराई झर्ने र तराईबाट पहाड जाने सबै सवारी साधन बाटोमा रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र कुमार पालले बताए ।
उनका अनुसार अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ । तर, माथिबाट पहिरो झर्ने क्रम जारी रहेकाले बाटो खुलाउन समस्या भइरहेको छ । राजमार्ग अवरोधका कारण यात्रुहरू अलपत्र परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1