अझै सुचारू भएन भीमदत्त राजमार्ग, ४ डाेजर प्रयाेग गरेर एकतर्फी खोल्ने प्रयास

सेयर गरौं

धनगढी: कैलालीमा अविरल वर्षासँगै आएको पहिराेले अवरुद्ध भएकाे भीमदत्त राजमार्ग अझै सुचारू हुन सकेकाे छैन्।

गाेदावरी नगरपालिका-४ काे बुढिताेलामा साेमबार राति आएकाे पहिराेसँगै करीब दुई सय मिटर भाँसिएपछि अवरुद्ध भएकाे राजमार्ग सञ्चालन हुन नसकेकाे हाे।

डिभिजन सडक कार्यालयले पहिराे पन्छ्याउने काम जारी रहेपनि पहिराे आउने क्रम नराेकिएपछि समस्या भएकाे जनाएको छ। मंगलबार राति साेही ठाउँमा फेरि पहिराे गएकाे छ।

सडक डिभिजन कार्यालयका प्रमुख हरी सुवेदीले चार वटा डाेजरकाे प्रयाेग गरेर दुवैतर्फबाट पहिराे पन्छ्याउने काम भइरहेको बताउनु भयो ।

उनलेे बुधबार साँझसम्म एकतर्फी भएपनि सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताए। तर वर्षा र पहिराे खस्ने क्रम नराेकिएमा भने केही समस्या हुने बताइएको छ। साेमबार राति गएको पहिराेका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका ७ पहाडी जिल्लाकाे सडक सम्पर्क टुटेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1230