२८ आश्विन २०८१, सोमबार
थलारा गाउँपालिकामा प्रधानाध्यापक हरुकालागि एक दिने सामाजिक परिक्षण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
थलारा गाउँपालिकामा एक दिने सामाजिक परिक्षण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
युएमएन प्रगतिशील युवा समाज क्रियाकलापमा आधारित सिकाई परियोजनाको आयोजना र थलारा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा बिधालयका प्रधानाध्यापकहरुका लागि एक दिने सामाजिक परिक्षण सम्बन्धि अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
थलारा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा संयोजक हर्क बहादुर रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राम बहादुर खाती प्रमुख अतिथि रहनु भएको थियो ।
बिधालयमा सामाजिक परिक्षणलाई कसरी प्रभावकारी बनाउने भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको युएमएन प्रगतिशील युवा समाज क्रियाकलापमा आधारित सिकाई परियोजना संयोजक राजेन्द्र खड्काले बताउनुभयो ।
कार्यक्रममा थलारा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ शाखा प्रमुख पदम बहादुर ओली शिक्षा शाखा सहायक राईभान ओली लगायत गाउँ पालिका भरिएका सबै बिधालयका प्रधानाध्यापक हरुको सहभागीता रहेको थियोे । सहभागीलाई पत्रकार तथा मानव अधिकारकर्मि राम हरि ओझाले सामाजिक परिक्षण सम्बन्धि अभिमुखिकरण गर्नु भएको थियोे ।