बुङ्गल नगरपालिकामा कार्यरत कार्यालय सहयोगी बोहराको शव फेला पर्यो

सेयर गरौं

बझाङ:    बुङ्गल नगरपालिकामा कार्यरत कार्यालय सहयोगी बोहराको शव फेला परेको छ । श्राबण १९ गते बेपत्ता भएका बुङगल नगरपालीका-३ बिपैया घर भएका अन्दाजी ४० बर्षिया धन बहादुर बोहरा पुल बाट खसेर बेपत्ता भएका थिए ।

उनको शब आज डोटीको दिपाएल सेती नदिमा फेला परेको प्रहरीले जनाएको छ । १८ गते घर मा नआएपछि १९ गते परीवारले खोज्दै जादा चप्पल कालङ्गा नदिको किनारमा बिजगडा पुलको नजिक पाइएको थियो तर शव दिपाइलमा पाइएपछि सँका उत्पनन भएको मृतकका परीवारले बताएका छन् । शव आफन्तले बुझीसकेको र घटनाको बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1203