देबदुर्गा आधरभुत बिधालयको नमुना सामाजिक परिक्षण गर्दै थलारा गाउँपालिकामा ३ दिने सामाजिक परिक्षण सम्बन्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न ।

सेयर गरौं

थलारा गाउँपालिकामा तीन दिने सामाजिक परिक्षण सम्बन्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । युएमएन कलष्टर बझाङ को सहयोग थलारा गाउँपालिका शिक्षा शाखाको सहजिकरण र प्रगतिशील युवासमाजको श्रावण २४ देखि सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
तीन दिन सम्म सञ्चालन गरिएको कार्यक्रमको अन्तिम दिन अभ्यासको रुपमा थलारा गाउँपालिका वडा नम्बर ५ दुवाली स्थित देवदुर्गा आधारभुत बिधालयको आर्थिक बर्ष २०७९/८० को सामाजिक परिक्षण गरिएको थियोे ।
सहभागी लाई बिधालको सामाजिक परिक्षण गर्न सक्ने बनउने र सामाजिक परिक्षणको अबधारणा, विधि र उद्देस्यका बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको युएमएन प्रगतिशील युवा समाज शिक्षामा आधारित सिकई परियोजना कार्यक्रम संयोजक राजेन्द्र खड्काले बताउनु भयो । उनका अनुसार निशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ को दफा ४१ ले दिएको अधिकार प्रयोग गरि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बिधालय सामाजिक परिक्षण मापदण्ड २०७७ जारी गरेको छ । उक्त नियमावलीको नियम१७१ (क) बमोजिम बिधालयले प्रत्येक बर्ष समितिबाट अनिवार्य सामाजिक परिक्षण गराउनु पर्छ । सोही प्राबधानलाई प्रभावकारी बनाउन सामाजिक परिक्षण सम्बन्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा थलारा गाउँपालिका भित्रका ३२ वटा सामुदायक बिधालयका शिक्षक र सामुदायिक रेडियो थलारा एफ एम बाट एक जना पत्रकारलाई सहभागी गराईएको थियोे । सहभागीलाई पत्रकार तथा मानव अधिकार कर्मि रामहरि ओझाले प्रशिक्षण दिनु भएको थियोे । कार्यक्रममा सहभागीलाई प्रमाणपत्र पनि दिएको छ ।
कार्यक्रमको अन्तिम दिन गरिएको देबदुर्गा आधारभूत बिधालयको नमुना सामाजिक परिक्षणकार्यक्रम बिधालयका शिक्षक अविभावक संघ अध्यक्ष निबिन कुमार जोशीको अध्यक्षतामा गरिएको थियोे । उक्त कार्यक्रममा थलारा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नर बहादुर खाती, शिक्षा शाखा संयोजक हर्क बहादुर रोकाया, शिक्षा शाखा सहायक राईभान ओली, युएमएन प्रगतिशील युवासामज कार्यक्रम निर्देशक लवराज जोशी, बिधालय ब्यबस्थापन समिति अध्यक्ष अम्मरराज जोशी, प्रधाना ध्यापक पार्वती स्नेही लगायत प्रशिक्षण कार्यक्रमका सहभागी शिक्षक र अभिभावक हरुको उपस्थिति रहेको थियो ।
बिधालयको सामाजिक परिक्षणलाई प्रभावकारी बाउन थलारा गाउँपालिका शिक्षा शाखाले पहिलो चौमासिक को अन्तमा सवै बिधालयले अनिवार्य उपस्थिति सहितको सामाजिक परिक्षण गरेको रिपोर्ट पेस गर्न निर्देशन दिएको छ। यस अधि प्रगतिशील युवा समाजको आयोजनामा बिधालयका प्रधानाध्यापकका लागि एक दिने अभिमुखिकरण पनि गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
पदम खड्का
पदम खड्का
Articles: 66