५ फाल्गुन २०८२, मंगलवार

बझाङको सेती नदि झनाना पुल मुनी माछा मारिरहेका एक युवक सेती नदीमा बगेर वेपत्ता
सेती नदीमा माछा मारिरहेका एक जना युवक बगेर वेपत्ता भएका छन् । शुक्रबार वेलुका सेती नदीस्थित झनाना पुल मुनी माछा मारिरहेका कैलालीको लम्कीचुहा नगरपालिका -९ का करिब ३२ वर्षीय प्रकाश वम बगेर वेपत्ता भएका हुन्।
उनी बझाङमा लामो समयदेखि सडकको काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यसैबीच एक जना युवकको शव सेती नदीस्थित देउरा बजुवा बगरमा फेला परेको रायल प्रहरी चौकीले जनाएको छ ।
उक्त शव बेपत्ता वमको हो वा होइन भन्ने बारेमा पुष्टि गर्न बाँकी रहेको प्रहरीको भनाई छ । अहिले शव पुष्टि गर्न रायल प्रहरी चौकीबाट एक टोली खटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1







