बझाङको सेतीनदिमा बेबारिसे अबस्थामा फेला परेको शबको पहिचान खुल्यो,

सेयर गरौं

बझाङको देउरा बजार नजिकै सेती नदीमा बेबारिसे अबस्थामा एक पुरुषको शव भेटिएको छ । हिजो मध्य  दिउँसो मौरीबगर स्थित सेती नदिमा नुहाउने क्रममा  बेपत्ता भएका अन्दाजी ३१ वर्षीय श्रमिक प्रकाश रजवार रहेको प्रहरी स्रोतले जनाएको छ

शुक्रबार बेलुका करिब ५ बजेको समयमा मापसे सेवन गरेर नुहाउन गएका बेला उनलाई सेती नदिले बगाउँदा बेपत्ता भएका उनका आफन्तले बताए । उनलाई झनानाबाट माछा मार्नेक्रममा बगाएको भनिएपनि त्यसो नभएर मौरीवगरबाट नुहाउने क्रममा बगाएको आफन्तको भनाइ छ ।

उनी कैलालीको लम्कीचुहा नगरपालिका -९ का रहेको प्रहरीले जनाएको छ ।

अहिले उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत  लैजाने तयारी भइरहेको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ,

उनी विगत २ वर्षदेखि बझाङमा ज्यालादारीमा काम गर्दै आएको देउरा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1338