कैलालीको गोदावरीमा पहिरो : ट्याक खुल्यो, सवारी साधन चल्न सकेनन्

सेयर गरौं

धनगढी  ।  धनगढी–डडेलधुरा सडकखण्डको कैलालीको गोदावरी नगरपालिका–४ मा पहिरोले भत्किएको सडकको ट्याक खोल्ने काम पूरा भएको छ 

सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार साउन २२ गते राति आएको अविरल वर्षाका कारण आएको पहिरोले भत्किएको करिब चार सय मिटर सडकको ट्याक खोल्ने काम पूरा भएको हो ।

पहिरोले बुढीतोलास्थित बाख्रा फार्मभन्दा करिब तीन सय मिटर दक्षिण अत्तरियातर्फ भावर भन्ने ठाउँको पहिरो सडक बगाएको थियो ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर पिपूस चटौतले लगातार चार दिन लगाएर सो क्षेत्रमा सडकको ट्रयाक खोल्ने काम सकिएको भए पनि सवारी साधन भने चल्न सक्ने अवस्था नरहेको बताए ।

ट्याक खुलेको भए पनि हिलाम्मे भएका कारण सवारी साधन चलाउन सक्ने अवस्था नरहेकाले सवारी साधन सञ्चालनमा रोक लगाइएका उनले बताए । ट्याक खोलेको सडक हिलाम्मे भएकाले ढुङ्गा भर्ने, ग्राभेल भर्ने काम भइरहेको पनि जानकारी पनि उनले दिए ।

उनले भने, ‘‘हामीले ट्याक खोलेको सडकमाथि पानीको मूल रहेकाले सडक सुख्खा हुन पाएको छैन, पहिरो पछि सडकको माटो नै गिलो भएको छ । जमेको पानी निकाल्ने काम भए पनि हिलो भएकाले त्यो सुक्न केही दिन लाग्छ ।’’

ट्रयाक खोलेको सडकमा मानिस हिँड्न सक्ने अवस्था पनि नभएको पनि उहाँले बताए ।  सडकमा ग्राभेल हाले पनि माटोमा पानीको मात्रा धेरै भएकाले माटोमै मिलेर हराउने गरेको पनि इन्जिनियर चटौतले बताए ।

सो सडक भत्किदा तराईका कैलाली, कञ्चनपुर जिल्लासँग सुदूरपश्चिमका सात पहाडी जिल्लाको सडक सम्पर्क टुटेको छ ।

उहाँका अनुसार पानी परे अझै पहिरो जाने सम्भावना छ । तर पानी परेन भने दुई दिनमा यातायातका साधन सञ्चालन हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1314