डडेल्धुरामा डिजेल, पेट्रोल सकियो तरकारी कुहियो

सेयर गरौं

सडक अवरुद्ध भएको पाँच दिनपछि शनिबार मात्रै ट्र्याक खोलिए पनि हिलाम्मे हुदा यातायातका साधनहरु सञ्चान हुन सकेका छैनन् । यातायातका साधन सुचारु नहुदा डडेल्धुरा लगायत पहाडी जिल्लाहरुमा अहिले डिजेल र पेट्रेलको अभाव चुलिएको छ भने पहाडका किसानले उत्पादन गरेको तरकारी कुहिन थालेको छ । यहाँबाट तरकारी खरिद गरि तराई झरेका ट्रकहरुको समेत तरकारी कुहिएपछि खानीडाडा, बुढीतोलाक्षेत्रमा फालिएको ट्रक चालक दिपक भट्टले बताउनु भयो । 

डडेल्धुरामा एक सातामा डिजेल र पेट्रोल बोक्ने ट्यांकरले दुई वटा पेट्रोल पम्पमा आठ पटक तेल आसोर्ने गर्दथे । चार पटक ट्यांकर आउदा ४८ हजार लीटर डिजलरपट्रोल आउने गरेको अमरगढी नगरपालिका–१ स्थित सहस्श्रलिङ्ग बीरबेतार आयल स्टोरका सञ्चालक राजु ऐरले बताएका छन् । उनले भने, ‘हिजो सम्म डिजेल, पेट्रोल थियो साँझ सकियो। बाटो खुल्न सकेको छैन । यहाँ डिजेल पेट्रोलको अभाव भएको छ।’ उग्रतारा आयल स्टोरमा त सातामा सात आठ पटक सम्म तेल झार्ने गरेको उनले भन्नू भयो । अहिले दुई वटै पम्प बन्द गरिएका छन ।

तराई पहाड जोड्ने राजगमार्ग अवरुद्ध भएपनि बुढीतोला माथि सात वटै जिल्ला सदरमुकामका सडक सुचारु नै रहेका छन । यहाँ यातायातका साधन ओहोर दोहोर गरिरहेका छन । केही ग्रामिण सडकहरुमा पनि यातायातका साधनहरु सुचारु नै रहेका छन ।  तर डिजेल, पेट्रोलको अभाव हुदा छोटो दुरीमा सञ्चालनमा रहेका यातायातका साधनहरु ठप्प हुने स्थितीको सिर्जना भएको उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रा।लीका अध्यक्ष मान बहादुर साउले बताउनु भयो ।

साता यता तरकारीको व्यापार ठप्प जस्तै भएपछि किसान ठूलो मर्कामा परेका छन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1311