२५ माघ २०८१, शुक्रबार

निरन्तरको बर्षाका कारण पहिरो जाँदा थलारा गाउँ पालिकामा एउटा पसल पुरियो लाखौंको क्षति
निरन्तरको बर्षाका कारण पहिरो जाँदा थलारा गाउँपालिका वडा नम्बर ६ मा एउटा पशल पुरिएको छ । आईतवार राति पहिरोजाँदा थलारा गाउँ पालिका ६ गुगै मुङराधारा स्थित हिक्मत ओझाले सञ्चालन गरेको मुकेश मदिरा तथा किराना पशल पुरिएको हो ।
राति पशल बन्द गरेर घर गएकाले मानवीय क्षति नभए पनि करिब ६ लाख बराबरको सामान नष्ट भएको पसल सञ्चालक हिक्मत ओझाले बताउनुभयो ।
हिजो अस्ति मात्रै पशलमा नयाँ सामन थपेको थियोे पहिरोले सबै नष्ट गरिदियो करिब ६ लाखको नोक्सान भयो उनले बताए ।
पसलमा मदिरा,खाध्यान्न,जुत्ता,चप्पल र फेन्सि लगायतका सामान थियोे । पहिरोले पसल पुरिएको खवर पाए लगत्तै वडा अध्यक्ष अनिलकुमार बिष्ट र ईलाका प्रहरी कार्यालयको टोली घटना स्थल गरेको छ । गाउँ पालिकाको जेसिबिले पहिरो पन्छाई रहेको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
2
+1
+1