एमाले पार्टी कार्यालय कञ्चनपुरमा लाग्यो ताला

सेयर गरौं

कञ्चनपुर: एमाले जिल्ला पार्टी कार्यालय कञ्चनपुरमा तालाबन्दी गरिएको छ ।

पार्टी जिल्ला सदस्य तथा भीनपा–१८ का वडाध्यक्ष रवीन्द्रप्रसाद देवकोटामाथि मरणासन्न हुने गरी कुटपिट हुँदा पनि कुनै कारबाही नभएको भन्दै स्थानीय एमाले कार्यकर्ताले पार्टी कार्यालयको मूलगेटमा तालाबन्दी गरेका हुन् ।

यसैबीच घटनामा संलग्न रहेका भन्दै पार्टीको जिल्ला कमिटि सचिवालय बैठकले ७ जना सदस्यलाई निष्कासन गरेको छ भने पार्टीको केन्द्रीय सचिवालयले छानबिन समिति समेत गठन गरेको छ ।

गत शनिबार एमालेनिकट राष्ट्रिय युवा संघ कञ्चनपुरको १०औँ जिल्ला अधिवेशनमा पार्टी जिल्ला सदस्य तथा भीनपा–१८ का वडाध्यक्षसमेत रहेका देवकोटामाथि कुटपिट भएको थियो ।

देवकोटाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर, मायामेट्रो अस्पताल धनगढीमा उपचार हुन नसकेपछि सोमवारदेखि काठमाडौंको हेल्पिङ ह्याण्ड अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1202