मंगलबार पहिरो जाँदा अबरुद्ध भएको थलारा गाउँ पालिकाको झनाना पातिहाल्ना सडक सुचारू नहुदा आवतजावतमा समस्या

सेयर गरौं

मंगलबार वर्षाका कारण पहिरो जादा अबरुद्ध भएको थलारा गाउँ पालिका स्थित झनाना पातिहाल्ला सडक चार दिन बित्दा पनि सुचारु हुन सकेको छैन । सडक अबरुद्ध हुदा थलारा गाउँ पालिका वडा नम्बर २,३ र ४ का बासिन्दालाई आवतजावतमा गर्न समेत कठिनाइ भएको छ ।

झनाना पातिहाल्ना सडक खण्डको मौभेरा भन्ने ठाउँमा पहिरो जादा सडक अबरुद्ध भएको हो । थलारा गाउँ पालिका ५ भिडिगाउँ मष्टामाडौ नजिक बाट मंगलबार पहिरो गएको हो ।पहिरोले सडक अबरुद्ध भएको चार दिन बितिसक्दा पनि पालिकाले सडक सुचारु गर्न कुनै पहल नगरेको जनगुनासो छ । थलारा गाउँ पालिका वडा नम्बर ३ जामबाझ निवासी शान्ति मा बि पाराकट्नेका शिक्षक नर बहादुर भण्डारीले थलारा गाउँ पालिकाका वडा नम्बर १,२,३ र ४ ज‍ोड्ने मुख्य सडक अबरुद्ध हुदा पैदल हिड्न समेत कठिनाइ भएको बताउनु भयो । अहिले सामाजिक सुरक्षा भत्ता बितरण भैरहेको छ त्यही बाटो भएर बृद्वबृद्वा सामाजिक सुरक्षा भत्ता लिन खोली स्थित कुमारी बैंक जाने गर्दछन सडक अबरुद्ध हुदा करिब आधा किलोमिटर उकालो चढेर भिडिगाउँ भएर जानु पर्ने बाध्यता भएको थलारा गाउँ पालिका वडा नम्बर ३ सिमल्लेक निवासी उजली देवी भण्डारीको गुनासो छ । सडक छिटो सुचारू हुनुपर्छ उनको भनाइ छ ।

पहिरो हटाउन पहल भैरहेको थलारा गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डितले बताउनुभयो । उनका अनुसार पहिरो गएकै दिन त्यस तर्फ जेसिबि पठाए पनि वर्षा भैरहेका कारण सुचारु गर्न कठिनाइ हुदा फर्केको थियोे । आज मौषममा सुधार भएको छ आजै गाउँ पालिकाको जेिसबि पठाउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
पदम खड्का
पदम खड्का
Articles: 201