२९ मंसिर २०८१, शनिबार
दूरसञ्चार प्राधिकरण र दुर्गाथली गाउँपालिकाबिच सबै विद्यालयमा इन्टरनेट जडान गर्ने सम्झौता
बझाङको दुर्गाथली गाउँपालिकाले नेपाल दूरसञ्चार प्राधिकरण काठमाडौंसँग विद्यालयमा इन्टरनेट जडान गर्ने सम्झौता गरेको छ । ग्रामीण दूरसञ्चार विकास कोषको लगानीमा गाउँपालिका भरीका सामुदायिक आधारभूत विद्यालयहरूमा ब्रोडब्याण्ड, इन्टरनेट पुर्याउन प्राधिकरणसँग समझदारी गरिएको हो ।
गाउँपालिकाका २३ वटा आधारभूत विधालयमा वाई फाइ जडान र २ वर्ष सम्मको महसुल नेपाल दूरसञ्चार प्राधिकरणले दिने समझदारी भएको छ । दुरसचार प्राधिकरणको तर्फबाट निर्देशक डा. सुरेन्द्र लाल हाडा र दुर्गाथली गाउँपालिका अध्यक्ष दिलबहादुर थापा (तुफान)ले सम्झौता गरेका छन् ।
अध्यक्ष थापाले गाउँपालिका क्षेत्रभित्रका सबै विद्यालय इन्टरनेट जडान गर्ने सम्झौता भएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1