२८ आश्विन २०८१, सोमबार
डोटीबाट बडीमालिकाकालागि पेटारोसहितको टोली प्रस्थान
डोटी। डोटीबाट बडीमालिकाका लागि पेटारो (पूजा सामग्री) सहितको टोली प्रस्थान गरेको छ। सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बाजुराको बडीमालिकाका लागि बिहीबार डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली प्रस्थान गरेको हो।
हरेक वर्ष बडीमालिकाका लागि सरकारी पूजा सामग्री (पेटारो) पठाउने गरिन्छ। हरेक वर्षझैँ यो वर्षपनि प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विशेष पूजाआजा गरि जिल्ला प्रशासन कार्यालय डोटीबाट पेटारो बडिमालीका लागि पठाइएको हो। सो क्रममा सरकारी पूजा सामग्रीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टुकुडीले पेटारोलाई सलामी दिएको थियो।
पेटारो पु-याउने टोलीको नेतृत्व जिल्ला समन्वय समिति, डोटीका सवारी चालक छत्रबहादुर खड्काले गरेका छन्।जनै पूणिर्माको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडीमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ। सोही पूजाआजाका लागि राणा कालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको छ। पेटारो १५ दिन लगाएर बडिमालिका प¥याइन्छ। आज हिँडेको सरकारी टोली साँझ पूर्वी चौकी गाउँपालिका-१ फुलौटमा र शुक्रवार पूर्वीचौकी-५ मा रहेको धानुकाँडामा बास बसाउनुपर्छ।
यस्तै अछामको मार्कु, बैद्यनाथ हुँदै पैदल मार्ग बडीमालिका पुग्ने चलन चलिआएको छ। पूजा सामग्रीमा डोटी दिपायलको भुरुरी (धानको पात) र वैद्यनाथको अक्षता समावेश गरिएको हुन्छ। पेटारो टोलि डोटीको शैलेश्वरी मन्दिर र मालिकाको पुजा गरि बडिमालिका निस्केको छ।पञ्चे बाजासहित जिल्ला प्रशासन कार्यालय, डोटीबाट निस्केको पेटारो सहितको टोली प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी बडीमालिका तिर लागेको बताइएको छ।