डोटीका एक मेयरले खुकुरी प्रहार गरेको आरोप

सेयर गरौं

डोटी: डोटीलो शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नालाई खुकुरी प्रहार गरेको आरोप लागेको छ।

मेयर बलायरको सचिवालयमा काम गर्दै आएका राजेश ठगुन्नाले आफूमाथि खुकुरी प्रहार भएको समाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। ठगुन्नाले आफ्नो टाउकोमा चोट लागेर अस्पतालमा भर्ना भएको फोटोसमेत सार्वजनिक गरेका छन्।

घटनाको बारेमा कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताएका छन्।

घटनाका सम्बन्धमा बझ्न मेयर बलायरलाई फोन गर्दा उनको मोबाइल अफ रहेका कारण सम्पर्क हुन सकेन। घटना के कारणले भएको हो भनेर अहिलेसम्म पुष्टि हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1203