प्रतिभा फर्निचर उधोगका सञ्चालक शर्माले गरे थलारा माध्यमिक बिधालय खोली लाई ३० हजार चन्दा सहयोग

सेयर गरौं

प्रतिभा फर्निचर उधोगका सञ्चालक दिल्ली राज शर्माले थलारा माध्यमिक बिधालय खोली लाई ३० हजार चन्दा सहयोग गर्नु भएको छ । बिहीबार उनलेे बिधालय भवन निर्माणकालागि ३० हजार चन्दा सहयोग गर्नु भएको हो ।
गत बर्ष भुकम्पले बिधालयको भवनमा क्षति पुर्‍याए पछि भवन पुनः निर्माणका लागि चन्दा अभियान सञ्चालन गरेका थियौं । सोही अभियानमा प्रतिभा फर्निचर उधोगका सञ्चालक दिल्ली राज शर्माले बिधालयलाई ३० हजार चन्दा सहयोग गरे चन्दा दाता शर्मालाई धेरै धेरै धन्यवाद छ,बिधालय ब्यबस्थापन समिति अध्यक्ष तथा वडा नम्बर ६ का वडा अध्यक्ष अनिलकुमार बिष्टले बताउनुभयो ।
बिधालयको शैक्षिक बाताबरण राम्रो होस् र भुकम्पले भत्किएको बिधालय भवन छिटो बनोस् भनेर आफुले बिधालय लाई चन्दा सहयोग गरेकोे शर्माले बताउनु भएको छ ।
थलारा गाउँपालिका वडा नम्बर ८ देबस्थली निबासी शर्मा थलारा गाउँपालिका वडा नम्बर ६ मालचौर झनाना पककि पुल नजिकै प्रतिभा फर्निचर उद्योग सञ्चालन गर्दै आएकाछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
पदम खड्का
पदम खड्का
Articles: 159