युवा संघ कञ्चनपुरमा झडप प्रकरण : केन्द्रीय सदस्यसहित ४ जनालाई कारबाही

सेयर गरौं

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले कञ्चनपुर घटनालाई लिएर २ जना केन्द्रीय सदस्यसहित ४ जनालाई कारबाही गरेको छ। कञ्चनपुर जिल्ला कमिटीको दशौं अधिवेशनका क्रममा गत साउन २७ गते झडप भएको थियो। 

उक्त घटनामा अनुशासन विपरीत काम गरेको आरोपमा केन्द्रीय सदस्यहरु केशव चन्द, रोहितजंग कुँवर, केन्द्रीय लेखा आयोगका सचिव प्रविन बोगटी र नविन चन्दलाई कारबाही गरिएको युवा संघका प्रवक्ता निरोज पौडेलले बताए।

अधिवेशनमा संघका निर्वाचन आयोग प्रमुख बलराम वेल्वासेमाथि हातपात गर्नुका साथै भिमदत्त–१८ का वडाध्यक्ष तथा एमाले जिल्ला सदस्य रविन्द्र देवकोटामाथि ज्यान मार्ने अभिप्रायका साथ सांघातिक आक्रमण भएको पौडेलको भनाइ छ। उक्त घटनामा संलग्न भएको पुष्टि भएपछि उनीहरुलाई कारबाही गरिएको पौडेलको भनाइ छ। 

घटनाका विषयमा उनीहरुलाई स्पष्टीकरण सोधिएकोमा जवाफ चित्तबुझ्दो नभएको, भौतिक आक्रमणमा संलग्न देखिएको र एमाले केन्द्रीय कार्यादलले निकालेको निष्कर्षका आधारमा साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको महासचिव सुमन पुरीले विज्ञप्तिमार्फत् जनाएका छन्।

उक्त छानबिनका लागि एमालेको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा कार्यदल बनाएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1202