२७ आश्विन २०८१, आईतवार
थलारा कोटको भाँडे सङ्क्रान्ति जात्राको घट्दो रौनक
थलाराकोटमा लाग्ने भाँडे सङ्क्रान्ती मेलाको रौनक घट्दै गएको छ । परापूर्व काल देखि नै चल्दै आएको थलाराको ऐतिहासिक तथा साँस्कृतिक भाँडे सङ्क्रान्ती मेला हरेक बर्ष भदौ एक गते लाग्ने गर्दछ । बादी समुदायको ब्यङग्यात्मक तथा नाटकिय कला प्रस्तुत हुने भाँडे सङक्रान्तीको रौनक पहिलेको जस्तो नभएको स्थानीय बताउँछन् ।
उहिलेका बादी समुदाय कलामा निपुण थिए । बादी समुदायका महिला पुरुष शान्दार ढंगले कला प्रतुत गरि मनोरञ्जन दिन्थे । उक्त कलाकारिता हेर्न टाढा टाढाबाट दर्षकहरु आउने गर्थे एकदमै रमाइलो हुन्थ्यो तर अहिले त्यस्तो रौनक नरहेको भन्नू हुन्छ थलारा गाउँपालिका वडा नम्बर ८ का अफिलाल खड्का ।
उनको भनाइमा पहिले थलाराको भाँडे सङक्रान्ती एकदमै चर्चामा थियोे । जात्राको रमाइलो हेर्न थलाराका दंगाजी देखि मालुमेला सम्मका मानिस मात्र होइन सेती नदि पारी देउरा सम्मका पनि आउने गर्थे हजारौंको उपस्थिति हुने गर्दथ्यो । अहिले जात्रामा त्यस्तो उपस्थिति हुदैन त्यस्तो रमाइलो पनि नहुने उनको भनाइ छ।
उहिले हामी भाँडे सङ्क्रान्ती मेलाको दिन गनेर बस्थ्यौ कहिले भदौ एक गते आउला र कोटको भाँडे सङक्रान्ती जाउला भनेर । भदौ एक गते बिहान गाबेत्यार खाएर जात्रा हेर्न गइहाल्थौ निकै रमाइलो हुने अनुभव सुनाउनु भयो थलारा गाउँ पालिका वडा नम्बर ८ का ७६ बर्षिय दान बहादुर सिंहले । उनलेे पनि उहेलेको जस्तो भाँडे सङ्क्रन्तीमा रमाइलो नहुने बताउनु भयो । बादी समुदायको प्रस्तुति पनि त्यति राम्रो हुदैन जसकाकारण जात्रा हेर्न आउने दर्शक घटेको उनको धारणा छ ।
बाईसे चौबीसे राज्यकालको एउटा राज्य थलाराको राजधानी थलारा कोटमा त्यसै बेलादेखि मनोरञ्जनका लागि भाँडे सङक्रान्ती जात्रा मनाउन थालिएको बताईन्छ । उक्त जात्राको दिन बादी समुदायका महिला पुरुषले मादलको तालमा गीत गाउदै बादी टोलदेखी सुरु गरि खोली बजार हुँदै कोटको पिपल चौरमा गएर रमाइलो जात्रा देखाउने प्रचलन रहेको छ ।
निधारमा कमेरोको चन्दन लगाई टाउकोमा तरुल र गिठाका लहराले गुथेर फेटा बनाई पुरुष हरु जाने गर्दछन भने महिला हरु सजिएर जाने गर्दछन । त्यस्तै एकजाना नाईके हुन्छ भने एकजान घोडचढी हुन्छन् ।बाबियोको घोडामा सिस्नुको पुच्छर वनाई जात्रुलाई तर्साउने गरिन्छ ।
त्यस्तै दुई समुहमा भैंसी बनाउने , राँगा जुधाउने, भैंसी दुहुने, बाँकोको राँगो बनाई काट्ने जस्तो अभिनय सहितको नाटक देखाउने र थलारा भरीका सबै गाउँ गर्खालाई ओल्को दिने गरिन्छ र जात्रा समाप्त हुन्छ ।
जात्राको हिसाबले ३/४ घण्टाको भएपनि बादी समुदायले यसलाई एक महिना सम्म मनाउछने गर्दछन ।
बादी समुदायका अगुवा पदम बादीका अनुसार साउन २० गते बीसरतीका रुपमा मीठो मसिनो खाई संक्रान्तीको तयारीमा जट्दछन् र भदौ १ गते भाँडे सङक्रान्ती देखाउने र जात्रा मार्फत ओल्को दिने गरिन्छ । भदौ २ गते देखि गाउँ गाउँमा गएर एक महिना सम्म भड्भोज भन्दै नगद र अन्न सङकलन गरिन्छ । त्यसरी जम्मा गरेको अन्न सबैलाई समान रुपमा बाड्ने गरिन्छ ।
पहिले मनोरञ्जनका साधन थिएनन् बादी समुदायका महिला पुरुष गीत सङ्गीत नृत्यनाटकमा एकमै सिपालु भएकाले सबै आकर्षित हुने गर्थे । अहिले मनोरञ्जनका साधन धेरै छन। अहिलेको पुस्तामा त्यस्तो कला नहुदा भाँडे सङक्रान्तीको रौनक घटेको पदम बादीको बुझाई छ ।