सुदूरपश्चिममा डेंगु संक्रमण बढ्दै, २४ घण्टामा १४ संक्रमित थपिए ।

सेयर गरौं

धनगढीः सुदूरपश्चिममा डेंगुको संक्रमण बढ्दै गएको छ। बर्खायामसँगै सुदूरपश्चिमका नौ वटा जिल्लाहरुमा डेंगीको संक्रमण बढन थालेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा १४ जना डेंगुका संक्रमित फेला परेका छन्।

पछिल्लो २४ घण्टामा १४ जना संक्रमित फेला परेसंगै प्रदेशमा डेंगु संक्रमित हुनेको संख्या चार सय ६५ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1246