सुर्मा गाउँपालिकामा लाग्ने बिरीजात मेलाको अबसरमा भलिबल र देउडा प्रतियोगीता हुने ।

सेयर गरौं

बझाङ:   सुर्मा गाउपालिकामा लाग्ने बिरीजात मेलाको अबसरमा भलिबल र देउडा प्रतियोगीता हुने भएको छ । यहि भाद्र १० गते देखि १४ गते सम्म सुर्मा गाउपालिका वडा नमबर ४ थगुन्नाडामा लाग्ने बिरीजात मेलाको अबसर पारी भलिबल सहित बिभिन्न साँस्कृतीक कार्यक्रम गरीने सुर्मा देबी बिरीजात मेला व्यबस्थापन समिती ले जनाएको छ ।
मेलाको अबसर पारी ,बृहत देउडा, ढाके नाच,,भाडि खेल, मागल ,चाभाइ प्रदर्शनि गर्नुका साथै ,खुल्ला पुरुष भलिबल प्रतियोगिता र बृशत साँस्कृतीक कार्यक्रम गरीने सुर्मा देबी बिरीजात मेला व्यबस्थापन समितीका अध्यक्ष युवराज सुर्मेलीले बताउनुभयो ।

भलिबल प्रतियो गीतामा प्रथम हुने टिमले ८० हजार ४ सय ४४ ,द्धितीय टिमले २४ हजार ४ सय ४४,तृतीय टिमले १२ हजार ४ सय ४४ र सान्त्वना टिमले ६ हजार ४ सय ४४ नगद पुरस्कार प्राप्त गर्ने छन् । उक्त खेल भाद्र ११ गते उद्रघाटन हुने भएकाले भाद्र ५ गते देखी १० गते सम्म टिम दर्ता गराइ सक्नुपर्ने अध्यक्ष सुर्मेलीले बताउनुभयो ।
उक्त मेला अबधि भरी जाडरक्सि नखान समेत अनुरोध गरीएको छ । भने जाड रक्सि खाइ होहल्ला गर्ने व्यक्ति लाइ १० हजार र बिक्रिबितरण गर्ने लाइ २५ हजार जरीवाना गरीने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1203