२८ आश्विन २०८१, सोमबार
बिर्सती मेला मुलआयोजक समितिले सार्वजनिक गर्यो यस बर्षको मेलामा हुने विभिन्न कार्यक्रम ।
बिर्सती मेलामा आयोजना हुने विभिन्न कार्यक्रमको जानकारी तथा आमन्त्रणका लागी आयोजक समितिले सूचना सार्वजनिक गरेको छ । बिर्सती मेला मूल व्यवस्थापन समितिले शनिवार एक सूचना सार्वजनिक गर्दै आयोजना गरिने कार्यक्रम बारे जानकारी गराएको हो । बझाङ जिल्लाको छबिस पाथीभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकाको थली नौबिस क्षेत्रको मध्ये भागमा अवस्थित बिसौना बजारमा भाद्र १९ गतेदेखि सुरु हुने बिर्सती मेलामा चर्चित कार्यक्रम इन्द्रेणी टिमका कलाकार कलाकारहरूको समेत उपस्थिति रहने छ ।
मेलामा साँस्किृतीक कार्यक्रम, देउडा, ढाँका नाच, चाभाई, भुवा नाच, खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता, विभिन्न स्थानीय पोसाकमा झाँकीहरूको प्रस्तुति रहने मेला आयोजक समितिले जनाएको छ । विभिन्न कार्यक्रमका लागी बिर्सती मेला मूल आयोजकको बिसौना बजारमा रहेको सचिवालय कार्यालयमा सम्पर्क गरेर टिम÷नाम दर्ता गराउन सकिने पनि आयोजक समितिले बताएको छ ।
आयोजना हुने खुल्ला महिला, पुरुष भलिबल प्रतियोगितामा पुरुष भलिबल तर्फको प्रथम पुरस्कार रु.१ लाख २५ हजार ९ सय २०, द्धित्तीय पुरस्कार रु. ६५ हजार ९ सय २०, तृतीय पुरस्कार रु. ३० हजार ९ सय २० र सान्त्वना पुरस्कार रु. ९ हजार ९ सय २० रहेको छ । टिम दर्ता शुल्क ३ हजार ५ सय लाग्ने छ ।
यस्तै महिला तर्फको खेलमा प्रथम पुरस्कार रु. ४१ हजार ९ सय २०, द्धित्तीय पुरस्कार रु. १९ हजार ९ सय २०, तृतीय पुरस्कार रु. ९ हजार ९ सय २०, सान्त्वना पुरस्कार रु. ४ हजार ९ सय २० रहेको छ । जसमा टिम दर्ता शुल्क १ हजार ५ सय तोकिएको छ ।