भारतमा निर्माणाधीन पुल भत्किँदा १७ जना मजदुरको मृत्यु

सेयर गरौं

काठमाडौं : भारतको पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ ।

मिजोरमका मुख्यमन्त्री जोरामथन्गाले दुर्घटनाबारे जानकारी दिँदै कम्तिमा पनि १७ जना मजदुरको मृत्यु भएको बताएका छन् । भत्किएको पुलको भग्नावशेषमा अझै धेरै पुरिएका हुन सक्ने आशंका गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मिजोरमका प्रहरी अधिकारीका अनुसार पुल भत्किने बेलामा त्यहाँ ३५ देखि ४० जनासम्म कर्मचारीरमजदुर कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1201