शैक्षिक गुणस्तर अभिबृद्विका लागि भवानी मा.बि.माडौकाट्नेले गर्यो सरोकारवालाहरु संग अन्तरक्रिया ।

सेयर गरौं

भवानी माध्यमिक बिधालय थलारा ७ माडौकाट्ने ले शैक्षिक गुणस्तर अभिबृद्विका लागि अन्तरक्रिया कार्यक्रम गरेको छ । बिधालयले शैक्षिक गुणस्तर बृद्धि गर्ने उदेश्यले सरोकारवालाहरु संगको एक दिने अन्तरक्रिया कार्यक्रम गरेको हो ।
बिधालयप्रति अभिभावक लगायत सरोकारवालाको अपनत्व भावना जगाउन, बिध्यार्थीको पोसाक, बिध्यार्थी संख्या बृद्धि र बिध्यार्थीको नियमितता बिषमा अन्तरक्रिया गरेको प्रधानाध्यापक शिवराज उपाध्यायले बताउनु भयो ।
कार्यक्रममा अभिभावक, बिधालय ब्यबस्थापन समिति , शिक्षक अभिभावक संघ, बालकल्ब, शिक्षक,बिध्यार्थी र जनप्रतिनिधिको उपस्थिति रहेको थियोे ।
अन्तरक्रियामा बक्ताहरुले बिधालयमा शिक्षाको गुणस्तर घट्दै गएको शिक्षक, अभिभावक र बिध्यार्थीले आ-आफ्नो कर्तव्य पूरा नगरेको बताएका थिए । बिधालयमा शैक्षिक गुणस्तर सुधार्ने हो भने सबैले आ-आफ्नो कर्तव्यबोध गर्नु पर्नेमा ज‍ोड दिएका थिए ।
कार्यक्रम बिधालय ब्यबस्थापन समिति अध्यक्ष दिनेश राज उपाध्यायको अध्यक्षतामा र प्रधानाध्यापक शिवराज उपाध्यायको सञ्चालनमा भएको थियो ।
कार्यक्रममा थलारा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष किस्ने सार्की वडा सदस्य हाँसु देवी र‍ोकाया, पुर्व वडा अध्यक्ष भीमबहादुर रोकाया, वडा सचिव मनिराम पाध्या, नेपाली काँग्रेस थलारा गाउँ कार्य समिति उपसभापति शेर बहादुर रोकाया, नेकपा एमाले जिल्ला कमिटी सदस्य भीम ओखेडा निबर्तमान बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष हिरालाल रोकायाा लगायत अतिथि रहनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 206