जयपृथ्बी बहादुर सिंहको १४७ औँ जन्मजयन्तीमा बझाङमा विचार गोष्ठी तथा पुरस्कार वितरण

सेयर गरौं

बझाङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले पनि जयपृथ्वी बहादुर सिंहको १४७ औँ जन्म जयन्तीको अबसरमा बिचार गोष्ठि तथा पुरस्कार बितरण समारोहको आयोजना गरेको छ । सोहि अबसरमा जयपृथ्वी बहादुर सिंह लेखनवृति पत्रकारिता पुरस्कार र नरेश स्मृति सुशासन पत्रकारिता पुरस्कार वितरण गरिएको छ । जसमा जयपृथ्वी पत्रकारिता पुरस्कारवाट साइपाल एफ एममा कार्यरत कर्मचारी र उज्यालोका जिल्ला सम्वाददाता ढेप बिष्ट (डिवी), संस्थागत तर्फ सामुदायिक रेडियो बझाङ एफएम र नेपाल एङ्गल अनलाइन लाई सम्मानित गरिएको छ ।

नेपाल पत्रकार महासंघ बझाङका पूर्व सचिव स्वर्गिय नरेश खड्काको सम्झनामा स्थापित गरेको “नरेश स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट पत्रकार प्रदिप मलासी र प्रताप ओली सम्मानित भएका छन् । पुरस्कारको राशी ७ हजार रहेकोे पत्रकार महासंघका सचिव ललित बहादुर सिंहले बताए ।

महांघका जिल्ला शाखा बझाङका अध्यक्ष शैलेन्द्र कुमार रोकायाको अध्यक्षतमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख नर बहादुर बोहरा रहेका थिए ।
कार्यक्रममा जयपृथ्वी नगरपालिका नगर प्रमुख चेतराज बजाल, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय सहित सुरक्षा निकायका प्रमुख , छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गजेन्द्र बुढा लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1246