अन्तर बिधालय अतिरिक्त क्रियाकलाप कार्यक्रम सहित थलारा गाउँपालिका वडा नम्बर ९ले मनायो जयपृथ्बी जयन्ती

सेयर गरौं

थलारा गाउँपालिकामा आज पहिलो पटक राष्ट्रिय बिभुति तथा मानवतावादी राजा जयपृथ्बी बहादुर सिंहको जन्म जयन्ती मनाईएको छ । थलारा गाउँपालिका वडा नम्बर ९ ले वडा स्तरीय अन्तर बिधालय अतिरिक्त क्रियाकलाप गरि १ सय ४७ अौ जयपृथ्बी बहादुर सिंह जन्म जयन्ती मनाएको हो ।
कार्यक्रममा जयपृथ्बी बहादुर सिंहको फोटोमा माल्यार्पण गरि उनको योगदानबारे चर्चा गरिएको थियोे ।
थलारामा अहिले सम्म जयपृथ्बी बहादुर सिंहको जन्म जयन्ती मनाईएको थिएन ।हामीले सुरुवात गरेकाछौ अब हरेक बर्ष जयपृथ्बी सिंहको जन्म जयन्ती मनाउने थलारा गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष ल‍ोकेन्द्र बिष्टले बताउनु भयो ।
उनका अनुसार जयपृथ्बी जयन्तीको अवसरमा बडा स्तरीय अन्तर बिधालय अतिरिक्त क्रियाकलाप र एसईईमा उत्कृष्ट हुने छात्र छात्रालाई सम्मान गरिएको छ ।
अतिरिक्त क्रियाकलापमा कक्षा १-३ को हिसाब दौड , ४-५ को हिज्जे प्रतियोगिता , ६-८ को हाजिरी जवाफ प्रतियोगिता र ९-१० कक्षाको नेपाली श्रुति लेखन प्रतियोगिता गरिएको थियोे । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने लाई प्रमाणपत्र सहित पुरस्कार दिईएको थियोे ।
सोही अवसरमा थलारा गाउँपालिका ९ निवासी जनप्रिय माबि बगडगाउँबाट 3.7जीपिए मार्क ल्याउने बझाङ टप शिशिर खड्का,3.5जीपिए मार्क सहित एसईई पास गर्ने उत्कृ छात्रा पार्वती बिष्ट, एसईईमा 3.4 जीपीए सहित थलारा टप पवन सिंह र 3.3जीपीए ल्याउने प्रदिप बिष्टलाई पनि प्रमाणपत्र र नगद सहित सम्मान गरेको थियोे ।
वडा अध्यक्ष लोकेन्द्र बिष्टको अध्यक्षतामा र शिक्षक देब बहादुर खड्काले सञ्चालन गरेको कार्यक्रममा थलारा गाउँपालिका शिक्षा सहायक राईभान ओली प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रमलाई शिक्षक पदम बहादुर खड्का , प्रेमबहादुर सिंह,भीम बहादुर खड्का , नवीन बिष्ट ,बिश्व राज जोशी , बिरेन्द्र गीरी,पूर्ण भण्डारी र शेर बहादुर खड्काले सहजिकरण गर्नु भएको थियोे । कार्यक्रम चक्रेश्वर मा.बि.मालुमेलाको प्राङ्गणमा भएको थियो ।

1692921622720
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 264